एजेन्सी । प्रिमियर लिगको खेलाडी सरुवा बजार १० हप्ता खुल्ने भएको छ ।
युरोपेली क्लब फुटबलको सबैभन्दा लोकप्रिय रहेको प्रिमियर लिगको समर ट्रान्सफर विन्डो जुलाई २७ बाट खुल्ने पक्का भएको हो ।
क्लबहरुले समर ट्रान्सफर विन्डो अक्टोबर ५ अघि सक्नुपर्नेछ ।
शीर्ष डिभिजनका क्लबले दोस्रो डिभिजनका क्लबबाट खेलाडी अनुबन्धन गर्न थप ११ दिनको समय प्राप्त गर्नेछन् । घरेलु ट्रान्सफर विन्डो भने अक्टोबर १६ सम्म चल्नेछ ।
‘प्रिमियर लिगका सेयर होल्डरहरु सन् २०२० को समर ट्रान्सफर विन्डोको मितिमा सहमत भएका छन् ।’ प्रिमियर लिगले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।
‘वर्तमान सिजन अन्त्य भएपछि सुरु हुने विन्डो १० हप्ता चल्नेछ । जुलाई २७ मा सुरु हुने विन्डो अक्टोबर ५ सम्म चल्नेछ ।’ बिज्ञप्तीमा भनिएको छ ।
‘ईएफएलसंग परामर्श गरेपछि घरेलु विन्डो भने अक्टोबर ५ देखि अक्टोबर १६ सम्म अपरान्ह ५ बजेसम्म चल्नेछ ।’ प्रिमियर लिगले भनेको छ ।
यस विन्डोको दौरान प्रिमियर लिग क्लबले ईएफएल क्लबसंग मात्र ब्यापार गर्न पाउनेछन् ।