काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी 'ए' कोचिङ लाइसेन्स प्राप्त गरेका प्रशिक्षकलाई लाइसेन्सको प्रमाणपत्र प्रदान गरेको छ ।
एन्फाले बुधबार लाइसेन्स प्राप्त गरेका चार जना प्रशिक्षकलाई प्रमाणपत्र प्रदान गरेको हो ।
एएफसीको 'ए' लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकमा नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, चेतन घिमिरे, संकटाका पूर्व प्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राई रहेका छन् ।
एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा आयोजना गरेको कोचिङ कोर्सबाट उनीहरु उत्तीर्ण भएका हुन् ।
कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए ।
कोचिङ कोर्सलाई एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले सहजीकरण गरेका थिए ।