एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) विभिन्न चार खेलहरु हुँदैछ ।
लिगमा बुधबार च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, आर्सनल, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
यस अघि नै च्याम्पियन बनिसकेको लिभरपुलले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
आर्सनलको मैदानमा हुने खेल राति १ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा लिभरपुल जित निकाल्ने लक्ष्यमा हुनेछ ।
तर, बलियो टिम आर्सनलविरुद्ध लिभरपुललाई सहज भने हुने छैन । किनकि आर्सनल पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
लिभरपुल ३५ खेलमा ९३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नवौं स्थानको आर्सनलको ५० अंक रहेको छ ।
यस्तै म्यानचेस्टर सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ ।
सिटी घरेलु मैदानमा जित निकाल्दै लिभरपुलसँगको अंक दुरी घटाउन चाहन्छ ।
दोस्रो स्थानको सिटी लिभरपुल भन्दा २१ अंकले पछि रहेको छ । सिटीको ७२ अंक रहेको छ ।
३१ अंक जोडेको बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।
लिग अन्तर्गत नै टोटेनहमले न्युकासल युनाइटेडसँग खेल्नेछ ।
बर्नलीले उल्भ्सको सामना गर्नेछ ।