एजेन्सी । सिरि ए फुटबलमा ईन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति टोरिनोलाई ३–१ गोल अन्तरले हराउँदै ईन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
एन्ड्रिया बिलोटीले १७ औ मिनेटमा पाहुना टोली टोरिनोलाई अग्रता दिलाएका थिए ।
एस्ले योङले ४९ औं मिनेटमा घरेलु टोली ईन्टरका लागि बराबरी गोल फर्काए ।
डिफेन्डर डिएगो गोडिनले ५१ औं मिनेटमा ईन्टरलाई २–१ ले अघि बढाए । लौटारो मार्टिनेजले ६१ औं मिनेटमा गोल गर्दै ईन्टरको जित सुनिश्चित गरेका थिए ।
दोस्रो स्थानका ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ । ईन्टरको ३२ खेलबाट ६८ अंक छ । रेलिगेशनबाट बच्न संघर्षरत टोरिनो ३४ अंक सहित १६ औं स्थानमा छ ।