एजेन्सी । दक्षिण एसियाली मुलुक भुटानले अर्काे महिनाबाट शीर्ष डिभिजनको लिग सुरु गर्ने भएको छ ।
भुटान फुटबल फेडेरेसनले नयाँ सिजनको भुटान प्रिमियर लिग अगष्ट १ बाट सुरु गर्ने जनाएको छ ।
कोरोना भाईरसलाई मध्येनजर गर्दै लिग बन्द रंगशालामा आयोजना गर्ने फेडेरेसनले जनाएको छ ।
भुटानमा हालसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
फेडेरेसनले आफ्ना समर्थकलाई घरमै बसेर खेलको मनोरञ्जन लिन समेत अनुरोध गरेको छ ।
भुटानी लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यस सिजन पारो एफसी, पारो युनाईटेड, तेन्सुङ एफसी, उग्येन एकेडेमी एफसी, हाई क्वालिटी युनाईटेड एफसी, ट्रान्सफोर्ट युनाईटेड एफसी, थिम्पु सिटी एफसी र ड्रक स्टार्स एफसीले प्रतिस्पर्धा गर्ने छन् ।