एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले आज (सोमबार) टोरिनोसँग प्रतिस्पर्धा गर्दैछ ।
इन्टरले घरेलु मैदानमा टोरिनोको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै इन्टर शीर्ष तीन टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
यस्तै इन्टर जित निकाल्दै तेस्रो स्थानमा उक्लन चाहन्छ । तुलनात्मक कमजोर टिम टोरिनोलाई पराजित गरेमा इन्टर तेस्रो स्थानमा उक्लनेछ ।
चौंथो स्थानको इन्टरले ३१ खेलमा ६५ अंक जोडेको छ । तेस्रो स्थानको एटलान्टाको ६७ अंक रहेको छ ।
घरेलु मैदानमा जित निकालेमा इन्टरले दोस्रो स्थानको लाजियोसँग अंक बराबरी समेत गर्नेछ । लाजियोको ६८ अंक रहेको छ ।
यता, टोरिनो घरेलु टोलीलाई स्तब्ध बनाउने योजनामा हुनेछ । टोरिनो जित निकाल्दै अंक तालिका सुधार गर्न समेत चाहन्छ ।
१६ औं स्थानमा रहेको टोरिनोको ३४ अंक रहेको छ ।