एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (सोमबार) उपाधि दाबेदार रियल मड्रिडले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
ग्रानडाविरुद्ध मैदान उत्रदा रियल महत्वपूर्ण जितको खोजीमा हुनेछ । किनकि घरेलु टोलिमाथिको जितले रियल उपाधि नजिक पुग्नेछ ।
लिग लिडर रियललाई उपाधिका लागि अब पाँच अंकको आवश्यकता रहेको छ । यस्तोमा रियल ग्रानडालाई हराएर उपाधि नजिक पुग्न चाहन्छ ।
लिगमा ३ खेल खेल्न बाँकी रहदा रियलले ३५ खेलमा ८० अंक जोडको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा १ अंकले अघि रहेको छ ।
घरेलु टोलिविरुद्धको खेलबाट रियलका कप्तान सर्जियो रामोस र डानी कार्भाजल मैदान फर्कनेछ । चोटका कारण मार्सेलो र नाचो भने टिम बाहिर रहनेछ ।
यस्तै रियल ग्रानडालाई पराजित गर्दै एक खेल बढी खेलेको बार्सिलोनाविरुद्ध ४ अंकको अग्रता बनाउन चाहन्छ ।
यता, ग्रानडा पनि रियललाई स्तब्ध बनाउने योजनामा हुनेछ । ५० अंक जोडेको ग्रानडा दशौँ स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा डिपोर्टिभो अलाभेसले गेटाफेसँग खेल्नेछ । त्यस्तै भिल्ला रियल र रियल सोसिडाडबीच खेल हुनेछ ।