एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।
आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकालेको हो ।
खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।
जितसँगै टोटेनहम लिगको आठौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३५ खेलमा ५२ अंक जोडेको छ ।
५० अंक जोडेको आर्सनल नवौं स्थानमा झरेको छ ।