एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेसन क्षेत्रको एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा एस्टनले १० खेलाडीमा सिमित क्रिस्टललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एस्टनलाई जित दिलाउन दुबै गोल ट्रेजेगुएटले गोल गरे ।
खेलको ४५ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसअघि क्रिस्टलले सातौं मिनेटमा गोल गरेको थियो । तर, मामाडोउ साखोले गरेको गोलले मान्यता पाएन् । भीएआरमा उनले हातले बल कन्ट्रोल गरेको देखिएको थियो ।
त्यसपछि खेलको ५९ औं मिनेटमा ट्रेजेगुएटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
यस्तै खेलको ९० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले रातो कार्ड पाउँदा क्रिस्टल १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै १८ औं स्थानमा उक्लिएको एस्टनले ३० अंक जोडेको छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।