एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा उल्भ्सले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा उल्भ्सलाई जित दिलाउन राउल जेमिनेज, लिन्डर डेनडोन्कर र डिएगो जोटाले एक एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा जेमिनेजले पेनाल्टीमा गोल गर्दै उल्भ्सलाई १-० को अग्रता दिलाए ।
४६ औं मिनेटमा लिन्डरको गोलबाट उल्भ्सले २-० को अग्रता बनायो ।
त्यसपछि खेलको ७४ औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई ३-० को जित दिलाए ।
जितसँगै उल्भ्सले ३५ खेलमा ५५ अंक जोडेको छ । उल्भ्स छैटौं स्थानमा रहेको छ ।
४५ अंक जोडेको एभर्टन ११ औं स्थानमा रहेको छ ।