एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (आइतबार) नापोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।
नापोलीले घरेलु मैदानमा मिलानको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
नापोलीको मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको यात्रालाई कायम राख्न चाहन्छ ।
नापोली ५१ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा उडिनेस र साम्पडोरियाबीच खेल हुनेछ ।
त्यस्तै जिओनाले एसपीएल,काग्लियारीले लेचे, फियोरेन्टिनाले भेरोना तथा बोलोग्नाले पर्मासँग खेल्नेछ ।