एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) विभिन्न चार खेल हुँदैछ ।
ला लिगामा आइतबार सेभिया, एथ्लेटिक बिल्बाओ, लेभान्टे, भ्यालेन्सिया लगायतका टिमले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष चारमा रहेको सेभियाले मालोर्कासँग घरेलु मैदानमा खेल्नेछ ।
सेभिया रेलिगेसन क्षेत्रमा रहेको मालोर्कालाई हराएर एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्न चाहन्छ ।
चौंथो स्थानको सेभियाले ६३ अंक जोडेको छ । एट्लेटिकोको ६६ अंक रहेको छ । मालोर्का ३२ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा बिल्बाओले लेभान्टेसँग खेल्नेछ ।
त्यस्तै स्पानियोलले इबर तथा भ्यालेन्सियाले लेगानेससँग खेल्नेछ ।