एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न चार खेलहरु हुँदैछ ।
प्रिमियर लिगमा शनिबार लेष्टर सिटी, आर्सनल, एभर्टन, टोटेनहम लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
चौंथो स्थानको लेष्टरले बर्नेमाउथसँग उसैको खेल्नेछ । बर्नेमाउथविरुद्ध मैदान उत्रदा लेष्टर जित निकाल्ने योजनामा हुनेछ ।
बर्नेमाउथलाई पराजित गरेमा लेष्टर चेल्सीलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लने छ । लेष्टरले ३४ खेलमा ५९ अंक जोडेको छ ।
तेस्रो स्थानको चेल्सीको ६० अंक रहेको छ । २८ अंक जोडेको बर्नेमाउथ रेलिगेसन क्षेत्रमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ ।
दुवै टोलि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछन् ।
४९ अंक जोडेको टोटेनहम दशौँ स्थानमा रहेको छ । ५० अंक जोडेको आर्सनल आठौं स्थानमा रहेको छ ।
यस्तै उल्भ्सले घरेलु मैदानमा एभर्टनसँग खेल्नेछ । एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग खेल्नेछ ।