एजेन्सी । मोरक्कोका मिडफिल्डर हाकिम जियाचले चेल्सीमा प्रशिक्षण थालेका छन् ।
डच क्लब आयाक्सबाट चेल्सी आएका हाकिमले शनिबारबाट प्रशिक्षण थालेका हुन् । उनी शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए ।
२७ वर्षे हाकिमले चेल्सीसँग पाँच वर्षे सम्झौता गरेका थिए ।
चेल्सी र आयाक्सबीच गत फेब्रुवरीमै हाकिम अनुबन्धका लागि सहमति बनेको थियो । तर, जुलाईबाट भने उनी चेल्सीका खेलाडी बनेका थिए ।
चेल्सीले हाकिमलाई ४० मिलियन युरोमा अनुबन्ध गरिएको बताईएको छ ।