एजेन्सी । बोरुसिया मन्छेनग्लाडबाख जर्मन बुन्डेसलिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा युनियन बर्लीनलाई ४-१ गोल अन्तरले हराउँदै मन्छेनग्लाडबाख तेस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा मन्छेनग्लाडबाखलाई जित दिलाउन मार्कुस थुरामले दुई गोल गरे ।
यस्तै फ्लोरिन न्युहाउस र अलासेन प्लियाले एक एक गोल गरे ।
बर्लीनका सेबास्टियन एण्डरसनले एक गोल फर्काए ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको मन्छेनग्लाडबाखले २९ खेलमा ५६ अंक जोडेको छ ।
बर्लीन ३१ अंकसहित लिगको १४ औं स्थानमा रहेको छ ।