एजेन्सी । एफए कप फुटबलको फाइनल खेल दर्शकसहित हुने भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसियसनले एफए कपको फाइनलमा २० हजार दर्शकलाई अनुमति दिने तयारी गरेको मिरर अनलाईनले जनाएको छ ।
एफए कपको फाइनल आगामी अगष्ट १ मा वेम्बली रंगशालामा हुनेछ ।
मिररका अनुसार रंगशालाको दुवै तर्फ १०/१० हजार दर्शक राखिने छ । वेम्बलीको क्षमता ९० हजार दर्शक अटाउने रहेको छ ।
यदि कोरोना भाईरसको महामारीको संक्रमण दर ०.५ प्रतिशत भन्दा बढी भएमा दर्शक राख्ने सम्भावना न्यून हुने बताईएको छ ।
एफए कप अन्तर्गत अब क्वाटरफाइनलबाटको खेल खेल्न बाँकी रहेको छ ।
एफए कपको क्वाटरफाइनल खेल जुन २७ र २८ मा हुनेछ । यस्तै जुलाई ११ र १२ मा सेमिफाइनल हुनेछ ।
एफए कपको क्वाटरफाइनलमा लेष्टर सिटी र चेल्सी तथा म्यानचेस्टर सिटी र न्युकासल युनाइटेड खेल्ने छन् ।
यस्तै सेफिल्ड युनाइटेड र आर्सनल तथा नर्विच र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।