एजेन्सी । इंग्लिस क्लब टोटेनहमका फरवार्ड ह्यारी केन र विंगर सन ह्युङ मिन चोटबाट मुक्त भएका छन् ।
टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले लामो समय चोटबाट गुज्रिरहेका केन र सन पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै मोरिन्होले अर्का खेलाडी स्टेभेन बेर्जविज्न पनि चोटबाट मुक्त भएको बताएका छन् ।
मोरिन्होले तीनै खेलाडी लिग सुचारु हुँदा मैदान उत्रने समेत बताए । उनीहरु प्रशिक्षणमा फर्किएको समेत बताईएको छ ।
कोरोना भाईरसको महामारीपछि गत मार्चबाट लिग स्थगित गरिएको छ । प्रिमियर लिगले आगामी जुनबाट लिग सुचारु गर्ने तयारी गरेको छ ।
टोटेनहमका मुख्य स्ट्राइकर केन गत जनवरीमा मैदान उत्रिएका छैनन् । ह्यामिस्ट्रिङ चोटको कारण केन मैदान बाहिर रहेका छन् ।
यस्तै सन कुमको चोटपछि मैदान उत्रिएका छैनन् । तर, सनले हालै दक्षिण कोरियामा दुई साताको सैनिक तालिम सफलतापुर्वक पुरा गरिसकेका छन् ।