एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार केलियन एम्बाप्पेले लिभरपुलको प्रशंसा गरेका छन् ।
उनले प्रिमियर लिगका प्रशिक्षक योर्गेन क्लोनको प्रशंसा गर्दै लिभरपुलले मेसिनले जस्तो परिश्रम गरेको बताएका छन् ।
एनफिल्ड क्लब प्रिमियर लिगका तालिकाको शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानको साविक विजेता म्यान्चेष्टर सिटीसंग २५ अंकको अग्रता लिएको छ ।
गत जुलाईमा लिभरपुलले च्याम्पियन्स लिगमा टोटनहमलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै प्रिमियर लिगमा च्याम्पियन बनेको सिटी भन्दा मात्र एक अंक पछाडी रहेर घरेलु फुटबलको अन्त्य गरेको थियो ।
लिभरपुल सन् २०१९ को जनवरीदेखि यस बर्षको फ्रेब्रुअरीसम्म अपराजित रहन सफल भएको थियो । उसले वाटफोर्डसंग सिजनको पहिलो हार ब्यहोरेको थियो ।
एम्बाप्पे समेत पछिल्लो समय ठुलो मूल्य सहित लिभरपुलसंग जोडिएका छन् । तर कोरोनाको महामारीले पीएसजी स्टारको नयाँ गन्तव्यलाई कठिन बनाईदिएको छ ।
खेलाडी सरुवाको बिषयमा प्रशिक्षक योर्गेन क्लोपसंग सोध्दा उनले एम्बाप्पे जस्तो खेलाडी आफुले पाउँदा खुसी लाग्ने बताएका थिए ।
लिभरपुल प्रशिक्षकले ठुलो मुल्यका फरवार्डका लागि विकल्प खुल्ला छाडेका छन् ।
एनफिल्ड क्लबका बिषयमा एम्बाप्पेलाई सोधिएको प्रश्नमा फ्रान्सेली खेलाडीले खुलेर प्रशंसा गरे । उनले पछिल्ला सिजनमा लिभरपुलले हात पारेको सफलता मेसिनको जस्तो रहेको बताए ।
‘यो सिजन लिभरपुल प्रिमियर लिगमा मेसिनको जस्तो देखिएको छ ।’ एम्बाप्पेले भने, ‘उनीहरुले जितलाई सजिलो जस्तो बनाएका छन् । तर सत्य भनेको त्यो कहिल्यै सजिलो हुदैन ।’
‘उनीहरुले जसरी प्रर्दशन गरेका छन्, यो यत्तिकै हुदैन ।’ एम्बाप्पेले थपे ।
‘अभ्यासमा गरेको कडा मेहनत र राम्रो व्यवस्थापनमा मात्र सम्भव हुन्छ ।’ एम्बाप्पेले भनेका छन् ।
लिभरपुल पछिल्लो समय टिमो वार्नरसंग जोडिएको छ । क्लब नयाँ सिजनका लागि नयाँ फरवार्डलाई अनुबन्ध गर्न चाहिरहेको छ ।