एजेन्सी । इंग्ल्यान्डको लिग टु क्लब मोरकेम्बका डिफेन्डर क्रिस्टियन एमबुलुको निधन भएको छ ।
मोदरवेलका पूर्व डिफेन्डरको २३ वर्षको उमेरमा निधन भएको हो ।
उनको क्लब मोरकेम्बले डिफेन्डर क्रिस्टियनको निधन भएको पुस्टि गर्दै समवेदना व्यक्त गरेका छन् ।
क्रिस्टियनको निधनको कारण बारे भने खुलाईएको छैन ।
क्रिस्टियन यसै सिजनको जनवरीमा मोरकेम्बमा अनुबन्ध भएका थिए । यस सिजन उनले मात्र ३ खेल खेलेका थिए ।
मिलवालबाट फुटबल करियर सुरु गरेका उनले ब्रेन्टवुड, ब्रेनट्रे र क्रियुबाट समेत खेलेका थिए ।