एजेन्सी ।जर्मन क्लब बायर्न म्युनिख इंग्लिस क्लब म्यान्चेस्टर सिटीका विंगर लोरी साने अनुबन्धको नजिक पुगेको छ ।
जर्मन अनलाईन स्पोर्ट्सविल्डले बायर्न जर्मन विंगर साने अनुबन्धको नजिक पुगेको जनाएको छ ।
प्रिमियर लिगका विंगरलाई बायर्नले यसै सिजनको समरमा घोषणा गर्ने स्पोर्ट्सविल्डले जनाएको छ ।
स्पोर्ट्सविल्डले साने बायर्न आउनका लागि निकै इच्छुक रहेको समेत जनाएको छ ।
सानेले क्लबसँग लामो सम्झौता गर्ने समेत बताईएको छ ।
बायर्नको यस सिजनको ट्रान्सफरमा प्रमुख लक्ष्य साने अनुबन्ध समेत रहेको छ ।
यता सिटीले समेत सानेको स्थानमा बायर लिभरकुसेनका लियोन बेली अनुबन्धको तयारी थालेको बताईएको छ ।
२४ वर्षका साने सन् २०१६ मा साल्केबाट सिटी आएका थिए ।
सिटीका लागि सानेले ८९ खेलमा २५ गोल गरिसकेका छन् ।