एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर ग्लेन पार्डोईको निधन भएको छ ।
इंग्ल्यान्डका डिफेन्डर ग्लेनको मंगलबार ७३ वर्षको उमेरमा निधन भएको हो ।
सिटीले डिफेन्डर ग्लेनको निधन भएको पुस्टि गरेको छ ।
सन् १९६० र ७० दशक सिटीको सफल यात्रामा ग्लेन टिमका सदस्य थिए ।
विंगरको रुपमा फुटबल सुरुवात गरेका ग्लेन पछि डिफेन्डर बनेका थिए ।
सन् १९७० को ईएफएल कपको फाइनलमा वेस्ट ब्रुमविरुद्ध उनले निर्णायक गोल गरेका थिए ।
उनी सिटीले सन् १९६८ को लिग, १९८६ को एफए कप र त्यसको एक वर्षपछि युईएफए कप जित्दा टिममा महत्वपूर्ण सदस्य थिए ।
सन् १९६२ को अप्रिलमा डेब्यु गरेका उनी सिटीमा डेब्यु गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । ग्लेन सिटीमा डेब्यु गर्दा १५ वर्ष ३ सय ४१ दिनका थिए ।
सिटीका लागि ३ सय ८० खेल खेलका उनले सन् १९७६ मा सन्यास लिएका थिए ।