एजेन्सी । नाइजेरियन फरवार्ड ओडियन इघालोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता नविकरण नगर्ने भएका छन् ।
चिनियाँ सुपर लिग क्लब सांघाईले युनाइटेडको प्रस्ताव अस्वीकार गरेपछि इघालोको सम्झौता नविकरण नहुने भएको हो ।
चिनियाँ क्लब सांघाईबाट लोनमा युनाइटेड आएका इघालोको सम्झौता मे ३० मा सकिदैछ ।
३० वर्ष फरवार्ड इघालो गत जनवरीमा सिजनको अन्त्य सम्मको लागि युनाइटेड आएका थिए ।
यसै साता सम्झौता सकिएपनि इघालो थप केहि समय युनाइटेडमा रहने छन् ।
किनकि कोरोना भाईरसको महामारीको कारण लिग स्थगित भएपछि छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता थप गर्ने निर्णय प्रिमियर लिगले गरेको छ ।
युनाइटेडले भने इघालोलाई थप केहि समय क्लबमै राख्न चाहेको छ । युनाइटेडमा उनले मैदान उत्रने मौका समेत पाइरहेका थिए ।
इघालोले युनाइटेडका लागि ४ गोल समेत गरिसकेका छन् ।
तर, सांघाई भने चिनियाँ सुपर लिग सुरु भएपछि इघालोलाई मैदान उतार्न चाहन्छ ।