एजेन्सी । इंग्ल्यान्डको च्याम्पियनसिप क्लब हल सिटीका दुई खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इंग्लिस फुटबल लिगले गरेको परिक्षणमा हलका दुई खेलाडीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
दोस्रो डिभिजन लिगका एक हजार बढी खेलाडीमा कोरोना परिक्षण गर्दा हलका खेलाडीमा कोरोना देखिएको बताईएको छ ।
क्लबले पनि दुई खेलाडीमा कोरोना देखिएको पुष्टी गरेको छ । खेलाडीको नाम भने गोप्य राखिएको छ ।
यस्तै क्लबले दुवै खेलाडी सेल्फ आइसोलेसनमा रहेको जनाएको छ ।
यस अघि शीर्ष लिग प्रिमियर लिगका ६ खेलाडीमा कोरोना देखिएको थियो ।