एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा लाइपजिगले माइन्जलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
लाइपजिगको जितमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।
माइन्जको मैदानमा ११ औं मिनेटमा वर्नरले गोल गर्दै खाता खोलेका थिए । २३ औं मिनेटमा युसुफले लाइपजिगको अग्रता दोब्बर बनाए । ३६ औं मिनेटमा मार्सेलले गोल गर्दा लाइपजिग पहिलो हाफमा ३-० ले अघि रह्यो ।

दोस्रो हाफमा वर्नरले ह्याट्रिक पुरा गरे । खेलको ४८ औं मिनेटमा वर्नरले व्यक्तिगत दोस्रो गोल गर्दा ७५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई ५-० को जित दिलाए ।
जितसँगै लाइपजिगले २७ खेलबाट ५४ अंक जोडेको छ । लाइपजिग लिगको तेस्रो स्थानमा रहेको छ । २७ अंक जोडको माइन्ज १५ औं स्थानमा रहेको छ ।