एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साल्केले फराकिलो हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा साल्के घरेलु मैदानमा आउग्सबर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
आउग्सबर्गको जितमा एडुवार्ड लोविन, सरेनरेन बाजी र सर्जियो कोर्डोभाले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध खेलको छैटौं मिनेटमा एडुवार्डको गोलबाट आउग्सबर्गले अग्रता बनाएको थियो । ७६ औं मिनेटमा बाजीले गोल गर्दा आउग्सबर्गको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ९० औं मिनेटमा सर्जियोले गोल गर्दा आउग्सबर्गले सहज जित निकाल्यो ।
जितसँगै आउग्सबर्ग ३० अंक जोडेर लिगको १२ औं स्थानमा उक्लिएको छ ।
३७ अंक जोडेको साल्के आठौं स्थानमा रहेको छ ।