एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को एकेडेमीका पूर्व डिफेन्डर जोर्डन डियाकिसको निधन भएको छ ।
फ्रान्सको पाँचौं श्रेणीको क्लब एएस फुरीअनीबाट खेलिरहेका डिफेन्डर जोर्डनको २४ वर्षको उमेरमा निधन भएको हो ।
पीएसजी र उनको क्लब फुरीअनीले जोर्डनको शुक्रबार निधन भएको पुस्टि गरेको छ ।
फ्रेन्च फुटबलर जोर्डनको निधनको कारण भने खुलाईएको छैन ।
पीएसजीको सिनियर टिमबाट खेल्न नपाएका डिफेन्डर जोर्डनले सन् २०१५ मा पीएसजी छाडेका थिए ।
पीएसजी छाडेर उनले स्विजरल्याण्ड र क्रोएसियाको क्लबबाट खेलेका थिए ।
जोर्डनले पीएसजीका लागि युईएफए युथ लिग भने खेलेका थिए । उनी १३ वर्षको उमेरमा पीएसजीको एकेडेमी आएका थिए ।
जोर्डनको निधनप्रति पीएसजीले दुख व्यक्त गरेको छ ।
'हामी तिमीलाई कहिल्लै बिर्सने छैनौँ जोर्डन,' पीएसजीले लेखेको छ ।