एजेन्सी । ईङ्ल्याण्डका फरवार्ड ह्यारी केनले जुन महिनाको अन्तिमलाई प्रिमियर लिग फुटबलको सिजनको अन्तिम समय सिमा राख्नुपर्ने बताएका छन् ।
उनले जुनको अन्तिमसम्म सिजन नसकेको अवस्थामा चालू सिजनलाई रद्व गर्नुपर्ने धारणा राखेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण ईङ्ल्याण्डको फुटबल अप्रिल ३० सम्म स्थगित गरिएको छ ।
‘मलाई लाग्छ प्रिमियर लिगले सिजन सक्नका लागि सबै चिज गर्नेछ ।’ टोटेनहमका फरवार्डले भनेका छन् ।
‘एउटा यस्तो बिन्दु तय गर्न आवश्यक छ । सम्भवत मेरो लागि जुन अन्तिमको समयसम्म सक्नुपर्छ ।’ उनले थपेका छन् ।
केनले जस्तै युरोपेली फुटबल महासंघ (यूईएफए)का अध्यक्ष एलेक्जेन्डर सिफिरिनले जुनको अन्तिमसम्म पुन खेल सञ्चालन गर्न नसेकको अवस्थामा सिजन रद्व हुन सक्ने धारणा राखेका थिए ।
प्रिमियर लिग क्लबले सिजनमा ९ खेल खेल्न बाँकी छ । लिभरपुलले लिगमा दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग २५ अंकको अग्रता लिएको छ । वर्नेमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेशन जोनमा रहेका छन् ।
युरोपेली प्रतियोगिता सन् २०२१ सम्मका लागि स्थगित गरिएको छ ।
‘जुलाई वा अगष्टमा खेल्नु भनेको अर्को सिजनलाई पछाडी सार्नु हो । यसले फाईदा गर्छ जस्तो लाग्दैन ।’ स्काई स्पोर्ट्ससंगको अन्तरवार्तामा केनले भनेका छन् ।
‘धेरै पछाडीको दृष्य र आर्थिक अवस्थाको बिषयमा जानकार छैन ।’ उनले भनेका छन्, ‘यदी जुनको अन्तिमसम्म सिजन पुरा हुदैन भने विकल्प हेर्न जरुरी छ । अघिल्लो सिजनका लागि तत्पर हुन आवश्यक छ ।’