एजेन्सी । अर्जेन्टिनाका डिफेन्डर निकोलस टाग्लिफिकोले कप्तान लियोनल मेस्सी आफ्नो राष्ट्रको नेता र संरक्षक रहेको बताएका छन् ।
अर्जेन्टिनाका लागि उपाधि विहीन रहेका कप्तान मेस्सीको राष्ट्रको लागि केहि गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
तर, अर्जेन्टिनाका टिममेट टाग्लिफिकोले भने कप्तान मेस्सी राष्ट्रको लिडर र संरक्षक भएको बताएका छन् ।
'लोयोले कहिलेसम्म खेल्छन मलाई थाहा छैन । तर, उनले राष्ट्रिय टोलीका लागि धेरै कप जित्नेछन् । उहाँ यस्तो चरणमा छन् कि उनले प्रशिक्षण र खेलहरू सबैको आनन्द लिन चाहन्छ,' आयाक्सका डिफेन्डर टाग्लिफिकोले भने, 'उहाँ टोलीका नेता र संरक्षक हुनुहुन्छ । तर, त्यो पक्ष बाहिर आयो जुन हामी जहिले देख्न सक्दैनौं।'
बार्सिलोनाका मेस्सी राष्ट्रको लागि सधै मुख्य खेलाडी भएको समेत टाग्लिफिकोले बताए । तर, मेस्सीलाई नतिजा प्राप्त गर्ने दबाबबाट भने मुक्त गर्नु पर्ने समेत उनले बताए ।