एजेन्सी । स्पेनिस फुटबल महासंघ (आरएफईएफ)ले कोरोना भाईरसका कारण आर्थिक रुपमा संघर्ष गरिरहेका फुटबल क्लबलाई सहयोगका लागि ५ सय मिलियन युरोको सहयोग घोषणा गरेको छ ।
म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ ।
रकम पाँच बर्षको अवधिमा भुक्तान गरिने जनाईएको छ ।
महासंघले गैर व्यवसायीक महिला तथा पुरुष टिमलाई समेत करिब ४ मिलियन युरो ऋण दिने बाचा गरेको छ ।
'हामी ला लिगासंग बैठक गर्न चाहन्छौ र क्लबहरुको समस्याको बिषयमा छलफल गर्न चाहन्छौ ।' महासंघका अध्यक्ष लुईस रुबेलिसले भनेका छन् ।
कोरोनाबाट धेरै प्रभावित हुने मुलुकमा स्पेन समेत एक हो । चीन भन्दा समेत स्पेनमा कोरोनाबाट धेरै मानिसको ज्यान गएको छ । बुधबारसम्म ३४ सय ३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ईटालीपछि कोरोनाबाट ज्यान गुमाउने स्पेनमा धेरै भएका छन् ।
महासंघका अध्यक्ष रुबेलिसले मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहित राष्ट्रिय टिमका होटल र कर्मचारीलाई देशको स्वाथ्य सेवामा उपयोग गर्न आग्रह गरेका छन् ।