एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका खेलाडीको तलब २० प्रतिशत कटौती हुने भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै वायर्नका खेलाडी र डिरेक्टर तलब कटौती गर्न सहमत भएका हुन् ।
उक्त कटौती गरिएको तलबले क्लबका अन्य कामदारलाई आर्थिक सहयोग गरिने बताईएको छ ।
हालै वायर्नका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले १ मिलियन युरो कोरोना प्रभावितलाई सहयोग गरेका थिए ।
यस अघि बोरुसिया मोन्चेनग्लाडवाचका खेलाडी तलब कटौतीका लागि सहमत भएका थिए । यस्तै बोरुसिया डर्टमण्डका खेलाडी पनि तलब कटौती गर्न सहमत भएको बताईएको छ ।
कोरोनाको कारण जर्मन बुन्डेस लिगा फुटबल आगामी अप्रिल ३० सम्म स्थगित गरिएको छ ।