लेभान्तेसंग रियल मड्रिड स्तब्धएजेन्सी । स्पेनिस लिगमा रियल मड्रिड लेभान्टेसंग स्तब्ध बनेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो ।
लेभान्टेको जितमा खेलको ७९ औ मिनेटमा जोसे लुईस मोरालेसले विजयी गोल गरे ।
रियल मड्रिडले अक्टोबरपछि लिगमा पहिलो हार ब्यहोरेको हो । हारसंगै रियलले शीर्ष स्थानमा पुनरागमनको मौका गुमाएको छ ।
शीर्ष स्थानको बार्सिलोना अर्को आईतबार रियलको भ्रमणमा निस्कदैछ । उसले ईबरलाई ५–० गोल अन्तरले पराजित गर्दै लिगमा स्पष्ट २ अंकको अग्रता लिएको छ ।
च्याम्पियन्स लिगमा म्यान्चेष्टर सिटीबिरुद्ध खेल्नु अघि रियलले निकै सुस्त प्रर्दशन गरेको छ ।
मोरालेसको भली गोल अगाडी पाहुना टोली रियले गोलका धेरै अवसर गुमाएको थियो । रियलका ईडेन हजार्डले दोस्रो हाफ अघि गोलको राम्रो अवसर गुमाएका थिए । खेलको दौरान उनले चोट समेत बोक्न पुगे ।
रियलले पछिल्लो हप्ता सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेलेको थियो । उसका ग्यारेथ बेल र लुका जोभिक बिरामीका कारण खेलमा अनुपस्थित थिए । दुवैको स्थानमा ईस्को र लुका मोड्रिचले मौका पाएका थिए ।
ईस्को र करिम बेन्जिमालाई निराश बनाएका लेभान्टेका गोलकिपर एईटोर फर्नाल्डेजले कास्मिरोको हेडलाई पन्च गर्दै बाहिर फालिदिएका थिए ।
जितसंगै लेभान्टे ३२ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । रियल ५३ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिनै प्रभावशाली जित सहित बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।