एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (सोमबार) राती दुई चिरपरिचित प्रतिद्वन्द्वी चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टामफोर्ड ब्रिजमा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।
खराब सुरुवात गरेपनि लिगमा सुधारोन्मुख प्रदर्शन गरिरहेको चेल्सी घरेलु मैदानमा जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने लक्ष्यमा हुनेछ ।
लिगमा ४१ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ । चेल्सी तेस्रो स्थानको लेष्टर सिटी भन्दा ९ अंकले पछि रहेको छ ।
यता, युनाइटेड चेल्सीलाई उसैको मैदानमा हराएर शीर्ष पाँचसँगको अंक दुरी कम गर्न चाहन्छ । खराब लयबाट गुज्रिरहेको युनाइटेड लिगको नवौं स्थानमा रहेको छ । युनाइटेडले ३५ अंक जोडेको छ ।
चेल्सीलाई हराएमा युनाइटेड लिगको सातौं स्थानमा उक्लने छ ।