एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले मिडफिल्डर जियोभानी लो सेल्सोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
टोटेनहममा लोनबाट खेलिरहेका सेस्लोले क्लबसंग २०२५ सम्मको सम्झौता गरेका छन् ।
क्रिस्टियन एरिक्सनले क्लब छाडेर इन्टर मिलान लागेपछि सेल्सोलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
अर्जेन्टिनाका मिडफिल्डर सेल्सोलाई टोटेनहमले स्पेनिस क्लब रियल बेटिसबाट २७.२ मिलियनमा अनुबन्ध गरेको हो ।
सेल्सो सन् २०१९ को अगस्टमा लोनमा टोटेनहम आएका थिए ।
यस सिजन क्लबका लागि २० खेलमा सेल्सोले २ गोल गरेका छन् ।