काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रञ्जितले गोल गरेका थिए । खेलको ५४ औं मिनेटमा रञ्जितले फ्रिकिकबाट उत्कृष्ट गोल गरे ।
त्यसअघि पहिलो हाफमा मछिन्द्रले आक्रमक खेल खेलेपनि गोल गर्न सकेन । पाएको मौका सदुपयोग गर्न नसक्दा मछिन्द्रले गोलका लागि दोस्रो हाफ कुर्नुपरेको थियो । पुलिसले पनि पहिलो हाफमा केही गोलको अवसरलाई सदुपयोग गर्न सकेन ।
खेलको ६१ औं मिनेटमा मछिन्द्रका विशाल राईको फ्लेरिकिक पुलिसका गोलरक्षक शत्रुधन चौधरीले पन्च गरेर बाहिर फ्याल्दा मछिन्द्र अग्रता दोब्बर बनाउनबाट चुकेको थियो ।
खेलको ७१ औं मिनेटमा पुलिसले बराबरी गर्ने अवसर गुमायो । पुलिसका निर कुमार राईको कडा प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरे । रिबाउण्डमा आएको बलमा डिफेन्डर सन्तोष हेमरुनको हेडिङ क्रसबारको केही इन्च माथिबाट बाहिरिएको थियो ।
यस्तै खेलको ७५ औं मिनेटमा भोला सिलवालको फ्रिकिक मछिन्द्रका गोलकिपर विशालले पन्च गर्दै गोल हुनबाट जोगाए ।
त्यस्तै खेलको ८१ औं मिनेटमा मछिन्द्रका सुजलको प्रहारलाई पुलिसका गोलरक्षकले बचाएपछि आएको रिबाउण्डमा विशाल राईले पोस्टको दिशा दिएका थिए । तर, त्यस गोललाई रेफ्रीले अफ साइडको इशारा गरे ।
पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ । मछिन्द्रले ८ खेलमा १६ अंक जोडेको छ । र, शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।
गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ ।
पुलिसले ८ खेलमा ११ अंक जोडको छ । लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसलाई हराएपछि मछिन्द्रका कप्तान खुसी देखिए । तर, टिमको तालमेलमा अझै सुधार गर्नुपर्ने देखिएको बताए ।
'तीन अंक आउदा खुसी छु । तर, सोचेजस्तो खेल भएन । राम्रो टिम छ अझै स्कोर भएन । मौका बनाउन सकेनौं,' उनले भने, 'टिममा तालमेल नमिलेजस्तो भईरहेको छ । खेलाडी हतारिएको जस्तो देखियो ।'
पुलिसका प्रशिक्षक अनन्त थापाले गोलरक्षकको सानो गल्तीले हार व्यहोरेको बताए ।
'हाम्रो लागि महत्वपूर्ण खेल थियो । तर,स्कोर नहुदा गार्हो भयो । एउटा राम्रो टिम हो भनेर खेल्यौ तर कर्नर साइडबाट गोल खादा गाह्रो भयो । फुटबलमा यस्तो गोल हुनुहुदैन,' उनले भने, 'गोलरक्षकको गल्तिले हार्न पुग्यौ । यस्तो गोल खादा च्याम्पियन बन्न गाह्रो हुन्छ । टर्निङ प्वाइन्ट यहि भयो ।'
मछिन्द्र प्लेईङ सेट -
रञ्जित धिमाल, विजय धिमाल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ,अविशेक रिजाल, विशाल राई,सुजल श्रेष्ठ, आन्द्रेस निया, पिटर सेगुन, एडिलाजा सोमिडे, बुद्ध लिम्बु
पुलिस प्लेईङ सेट -
अजित भण्डारी, अन्जन राई,भरत शाह, शत्रुधन चौधरी,सन्तोष हेम्रुन, तेज तामाङ,रबि पासवान, प्रवेश कुँवर,सौजन राई, सुमन सुवेदी,हेम तामाङ