काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मछिन्द्र क्लबले सुरुवाती अग्रता बनाएको छ ।
पहिलो हाफमा गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा मछिन्द्रले रञ्जित धिमालको गोलबाट अग्रता बनाएको हो ।
खेलको ५२ औं मिनेटमा रञ्जितले फ्रिकिकबाट गोल गरे ।