काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले इंग्ल्यान्डको यू-२३ (सी) टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मैत्रीपूर्ण खेलमा लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै दुई टिमबीच होम एण्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछ ।
नेपाली टिम सन् २०२० को मे महिनामा इंग्ल्यान्डको भ्रमणमा निस्कने छ । खेल आगामी मे २५ मा ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ ।
यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।
मैत्रीपूर्णका लागि सम्झौता गर्न इंग्ल्यान्ड फुटबलका एन्ड्री सा र लाउरेन जोन्स सोमबार नेपाल आएका थिए ।
नेपाल र वेलायतबीचको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।
इंग्ल्यान्डको 'सी' टिमबाट यस अघि जेमी भर्डी, एन्ड्रयु ग्रे जस्ता राष्ट्रिय टिमका खेलाडीले खेल्ने गर्थे ।