काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेल भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा आर्मीविरुद्ध संकटाले बराबरी गोल फर्काएको छ ।
पहिलो हाफमा १-० ले पछि परेको संकटाले दोस्रो हाफमा बराबरी गरेको हो । खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् ।
यस अघि २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।