काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेल भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० को अग्रता बनाएको छ । खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।
दिनेश हेम्जनले मिलाएको बलमा उनले हेड गोल गरे । जारी लिगमा नवयुगको यो दोस्रो गोल हो ।
आज आर्मी जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।