एजेन्सी । बुल्गेरिया फुटबल युनियनका अध्यक्ष बोरीस्लाभ मिहाय्लोभले पदबाट राजिनामा दिएका छन् ।
युरोकप छनोट अन्तर्गत घरेलु मैदानमा इंग्ल्याण्डका खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार भएपछि अध्यक्ष बोरीस्लाभले राजिनामा दिएका हुन् ।
सोमबार राति इंग्ल्याण्डले घरेलु टोलीलाई ६-० ले पराजित गरेको खेलमा इंग्ल्याण्डका खेलाडीलाई बुल्गेरिया समर्थकले रंगभेदीय दुर्व्यवहार गरेका थिए । बुल्गेरियाका समर्थकले इंग्ल्याण्डका काला वर्णका खेलाडीलाई लक्षित गर्दै रंगभेदीय दुर्व्यवहार गरेका थिए ।
खेल दौरान बुल्गेरिया समर्थकले नाजी सलुट र बादरको आवाज निकाल्दै विपक्षि टिमका खेलाडीलाई गिज्याएका थिए । जसको कारण दुई पटक खेल रोकिएको थियो ।
घरेलु मैदानमा इन्ग्लिश खेलाडीलाई रंगभेदीय दुर्व्यवहार भएपछि बुल्गेरियाका प्रधानमन्त्री बोयको बोरिसोभले अध्यक्ष बोरीस्लाभलाई राजिनामा दिन निर्देशन दिएका थिए ।