एजेन्सी । इटालियन क्लब एसी मिलानले मुख्य प्रशिक्षकमा स्टेफानो पिओलीलाई नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक मार्को जियामपोलोलाई बर्खास्त गर्दै मिलानले पिओलीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
इन्टर मिलान, लाजियो र फियोरेन्टिनाको पूर्व प्रशिक्षक रहेका पिओलीले क्लबसँग २ वर्षको सम्झौता गरेका छन् ।
यस सिजन क्लबले खराब प्रदर्शन गरिरहेपछि मिलानले प्रशिक्षक मार्कोलाई बर्खास्त गरेको हो । ५२ वर्षे मार्कोको नेतृत्वमा मिलानले यस सिजन ७ खेलमा ४ हार व्यहोरेको छ ।
मिलान लिगको रेलिगेसन जोन भन्दा ३ अंकले माथि रहेको छ ।