एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शाल्केले साँघुरो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा शाल्केले मैन्जलाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा खेलको ३६ औं मिनेटमा सुअट सेरडारले गोल गर्दै शाल्केलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा क्रिम ओनिसिवोले गोल गर्दै मैन्जलाई खेलमा फर्काए ।
तर, खेलको ८९ औं मिनेटमा अमीन हरितले गोल गर्दै शाल्केलाई २-१ को साँघुरो जित दिलाए ।
जितसँगै शाल्के ५ खेलबाट १० अंक जोडेको दोस्रो स्थानमा उक्लिएको छ । पराजित मैन्जको पाँच खेलमा ३ अंक रहेको छ ।