काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (शनिबार) बंगलादेश र श्रीलंका भिड्दैछन् ।
एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै टोली समुह बीमा रहेका छन् । तुलनात्मक रुपमा बलियो समुह बीमा भारत समेत रहेको छ । विजेता टोली सेमिफाईनलको नजिक पुग्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । नेपालका लागि मनिष डाँगीले बराबरी गोल फर्काएका थिए ।
नेपालले समुह चरणको दोस्रो खेलमा भोली (आईतबार) भुटानसंग खेल्नेछ ।