एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल पराजित भएको छ । बुधबार भएको खेलमा ब्राजिल पेरुसँग १-० गोल अन्तरले पराजित भएको हो ।
पेरुलाई जित दिलाउन लुइस अब्रामले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पेरुले गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा अब्रामले गोल गरेका थिए ।
खेलमा ब्राजिलले गोलको अवसर पाएपनि गोल गर्न नसक्दा पराजित भएको हो ।
अर्को मैत्रीपूर्ण खेलमा होन्डुरसले चिलीलाई २-१ गोल अन्तरले हराएको छ ।