एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फुटबल इतिहासकै सर्वाधिक मूल्य रहेको टिम बनेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटी विलियन युरोको स्क्वाड हुने पहिलो टिम बनेको छ ।
फुटबल अब्जरभेटरी संस्था सीआईईएसले सार्वजनिक गरेको तथ्यांकअनुसार सिटीको स्क्वाडको मूल्य १.०१४ विलियन युरो रहेको छ । अन्य क्लबको स्क्वाड मिलियनमा रहदा सिटीको मूल्य विलियन रहेको छ ।
शीर्ष १० -
म्यानचेस्टर सिटी - १.०१४ विलियन
पेरिस सेन्ट जर्मेन - ९१३ मिलियन
रियल मड्रिड - ९०२ मिलियन
म्यानचेस्टर युनाइटेड - ७५१ मिलियन
युभेन्ट्स - ७१९ मिलियन
बार्सिलोना - ६७९ मिलियन
लिभरपुल - ६३९ मिलियन
चेल्सी - ५६१ मिलियन
एट्लेटिको मड्रिड - ५५० मिलियन
आर्सनल - ४९८ मिलियन