काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू-१५ फुटबल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक चरणमा ४२ खेलाडी छनोट गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार प्रारम्भिक चरणमा ४२ खेलाडी छनोट गरेको हो । प्रारम्भिक चरणमा कप्तान प्रिती राईसहितका खेलाडीहरु अटाएका छन् । बन्द प्रशिक्षणपछि एन्फाले साफ खेल्ने टोलीको घोषणा गर्नेछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आयोजना हुने साफमा नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।
यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।
प्रारम्भिक चरणमा परेका खेलाडी :
प्रिती राई
कुमारी तामाङ
सुनकला राई
ममता पुन
सुरक्षा शुख्रिया
अनु राई
सबिना चौधरी
सुष्मा जिटी
सुजिता लामा
अष्मिता कार्की
सन्ध्या रम्तेल
अन्जना थुलुङ राई
पुष्पा गुरुङ
लेखमाया मास्के
अस्मिता गुरुङ
मन्दिरा राई
दिव्या मगर
प्रतिक्षा चौधरी
अन्जिली माचमासे
मनमायाँ दमाई
सरु हमाल
अष्मिता रानपाल
सिमा रावल
प्रिया बस्नेत
निकिता थोकर
मञ्जु खड्का
सारा बज्रचार्य
आयुसा सुबेदी
मनिषा राउत
रोजिना राणा
साबित्री किसान
पूजा थापा
लिला जोसी
कोपिला खड्का
मोनालिसा नेपाली
काजोल लोपलुङ्गे
भूमिका राई
यासु पाण्डे
अन्जली चौधरी
सुनिता पुन
सयान्ती नापील
जिना विष्ट