काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मंगलबार प्रशिक्षणमा रहेका ४६ खेलाडीबाट प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेका छन् । दुई साताको प्रशिक्षणपछि श्रेष्ठले ३० खेलाडी छनोट गरेका हुन् ।
प्रशिक्षणमा आएका ४६ खेलाडी मध्ये पहिलो चरणमा १६ खेलाडी टिमबाट बाहिरिएका छन् । बाहिरिने खेलाडीमा गोलरक्षकतर्फ निशान खड्का र आकाश रानाभाट, डिफेन्डरमा राजु पण्डित, विशाल राई र युवेश थापा छन् ।
यस्तै मिडफिल्डरमा आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा र सन्जिब लामा बाहिरिदा स्ट्राइकरमा अभिषेक श्रेष्ठ, सन्जु सेन, कृतिस रत्न छन्जु, र कार्लाेस बखरीया बाहिरिएका छन् ।
अब नेपालले ३० खेलाडीबाट अन्तिम चरणमा २३ खेलाडी छनोट गर्नेछ ।
साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।
नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी