पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङको महिला फोइलको टिम इभेन्टमा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरास्थित ब्याडमिन्टन हलमा बिहीबार भएको फाइनलमा बागमती प्रदेशलाई ४६-३२ ले हराएर एपीएफले स्वर्ण हात पारेको हो ।
एपीएफको टोलीमा अनिता अधिकारी, मनिष राई, उर्मिला माझी र मन्दिरा थापा थिए ।
बागमतीलप टोलीमा गोमा आचार्य, अस्मिता घिसिङ, सुजता कुँवर र संगिता लम्साल थिए ।
त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले कास्य पदक जितेको छ ।
![No description available.](https://scontent.fpkr2-1.fna.fbcdn.net/v/t1.15752-9/310979989_1166655830593524_4329674952892130899_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=FXeKLASN1iwAX8lDWkM&_nc_ht=scontent.fpkr2-1.fna&oh=03_AdTPxkb2E-VcaqS2AN3-yydevSG0cDryYVtsr6ok00J9Fw&oe=636ED202)