काठमाडौं। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै शीर्ष स्थान हासिल गरेको छ।
वर्षाले प्रभावित बनाएको खेलमा गुजरातले डिएलएस मेथर्डमार्फत तीन विकेटको जित हासिल गरेको हो। गुजरातलाई १९ ओभरमा १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले हासिल गर्यो।
यसअघि मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। मुम्बईका विल ज्याक्सले ५३ रनको सर्वाधिक इनिङ्स खेले।
सिजनको आठौं जितसँगै गुजरात १६ अंक र ०.७९३ को नेट रनरेटका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पछाडि पारे। अर्कोतर्फ मुम्बई १२ खेलमध्ये सात जित र पाँच हारसँगै चौथो स्थानमा पुगेको छ। यससँगै मुम्बईको विजय रथ रोकियो।
यसअघि मुम्बईले लगातार ६ खेल जितेको थियो। वर्षाले प्रभावित यस खेलमा गुजरातले अन्तिम ओभरमा सानदार जित दर्ता गर्यो। १८औं ओभर पछि पानी पर्न थाल्यो र खेल रोकियो। त्यतिबेला जेराल्ड कोएत्जी र राहुल तेवाटिया ५-५ रनका साथ क्रिजमा थिए।
गुजरातको स्कोर १३२/६ थियो। अब जितको लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो। तर, वर्षाका कारण खेल ढिलो भयो र डिएलएसअनुसार १९ ओभरमा १४७ रनको नयाँ लक्ष्य दिइएको थियो।