काठमाडौं। उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गर्ल्सलाई पराजित गरेको छ।
मंगलबार सम्पन्न खेलमा नेपालले चार रनको रोमाञ्चक जित हासिल गरेको हो। यसअघि नेपालले दिल्लीको टोलीसँग तीन हार बेहोरेको थियो। एक खेल वर्षाले सम्भव भएको थिए।
आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो। नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो।
आरपिसिएकी नजमा खानले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए। ३२ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरिन्।
भर्रु २९ मानवी २० रनमा आउट भइन्। नेपालकी पूजाले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्।
कविता कुँवर र सबनम राईको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले आठ विकेट गुमाएर १२९ रन बनाएको थियो।
नेपालकी राजमती ऐरीले सर्वाधिक २६ रन बनाइन्। १५ बल खेलेकी उनले पाँच चौका प्रहार गरिन्। रुबी पोद्दार २०, कविता कुँवर १८, पूजा १६ र इन्दु बर्मा १५ रनमा आउट भइन्।
कविता जैशी १९ रनमा अविजित रहिन्। आरपिसिएकी मेधावी र दिक्क्षाको नाममा समान दुई विकेट रह्यो। अमन र परले आफ्नो नाममा समान एक विकेट लेखाइन्।