नेपालका दुवै ओपनर आउट
शनिबार, ०९ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले मध्यम ब्याटिङ सुरुआत गरेको छ ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । अहिले नेपालले १५ ओभरमा २ विकेट गुमाएर ४९ रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख शुन्य रनमा नै आउट भएका थिए । दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल २७ रन बनाउँदै आउट भएका छन् ।
सुपर सिक्समा स्थान बनाउनका लागि नेपालले यो खेल जित्नै पर्ने दबाब रहेको छ ।
नेपालका दुवै ओपनर आउट












-1775795080923.webp&w=3840&q=75)
-1775788668970.webp&w=3840&q=75)
